राप्रपाले बोलायो आकस्मिक पदाधिकारी बैठक
‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्न लागेको कांग्रेससहितको नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने आजको बैठकमा छलफल हुनेछ,’ उनले भने।
काठमाडाैं, असार १८ : नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै राष्ट्रिष्य प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। बैठकले परिवर्तित राजनीतिक घटनाक्रमको समीक्षा गर्ने र पार्टीको धारणा गर्ने प्रवक्ता श्रेष्ठले बताए।
‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्न लागेको कांग्रेससहितको नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने आजको बैठकमा छलफल हुनेछ,’ उनले भने।
सोमबार संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो।
प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)