देउवाले पदाधिकारीलाई जानकारी गराए एमालेको सहमती
मंगलबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन्।
काठमाडौं, असोज १८ : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति नेकपा एमालेसँग भएको नयाँ सत्ता गठबनधन’ सहमतिबारे पार्टी पदाधिकारीहरुलाई जानकारी गराएका छन्।
मंगलबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन्।
नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए । तर पहिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ खुलेको छैन।
बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बताए।
सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र इच्छुक दलहरुलाई सरकारमा सामेल गर्ने पनि बताए।
प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)