रास्वपाले तत्काल सरकार नछाड्ने, नयाँ गठबन्धनमा पनि सहभागी नहुने
‘नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै मन्त्रीलाई फिर्ता बलाउँछौं र सरकारबाट बहिर्गमन हुन्छौं,’ प्रमुख सचेक परियारले भने।
काठमाडौं, असार १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने भएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमती पछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनको तयारी छ।
यो सहमति लगत्तै बसेको मंगलबार बिहान बसेको रास्वपा सचिवलाय बैठकले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकार छाड्ने गरेको छ।
यस्तै, बैठकले नयाँ गठबन्धन सरकारमामा सहभागी नहुन निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। पछिल्लो समयमा सरकार र राजनीतिक घटनाक्रम जसरी अगाडि बढ्यो यसबारे बैठकमा गम्भीर छलफल भएको परियारले बताए।
‘नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै मन्त्रीलाई फिर्ता बलाउँछौं र सरकारबाट बहिर्गमन हुन्छौं,’ प्रमुख सचेक परियारले भने।
दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री हने सहमति भएको जनाइएको छ ।
एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने भएको छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)