प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएपछि बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालेको छ।
काठमाडौं, असोज १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।
सोमबार राति संसदका दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमालेबीच नयाँ सरकार सहमति भएपछि प्रधानमन्त्री दाहालले राजीनामा दिने अपेक्षा गरिएको थियो।
बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने बताए। पदाधिकारी बैठकअघि एमाले अध्यक्ष ओलीसँगको भेटमा पनि दाहालले राजीनामा नदिने संकेत गरेका थिए।
प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि माओवादीले कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्नेछ।
कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा बुझ्न बाँकी माओवादी नेताहरुले बताएका छन्।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)