भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसद्वारा निर्देशक समिति गठन
निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्नेछन् । यस्तै विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।काठमाडौं, असार १८ : नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संघ–संगठनको महाधिवेशन सम्पन्न गराउन निर्देशक समिति गठन गरेको छ ।
निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्नेछन् । यस्तै विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।
सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यो अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिको समयावधि थप गरिएको छ ।
प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई दिनमा ३८ जना पक्राउमंगलबार, मंसिर ११, २०८१
जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपालमंगलबार, मंसिर ११, २०८१
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१