एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै
दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमतिअनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।
काठमाडौं, असार १८ : प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् ।
दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमतिअनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।
स्रोतका अनुसार मंगलबार (आज) बिहान नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनेछन् । एमालेबाट सरकारमा आठ मन्त्री छन् ।
कांग्रेस र एमालेबीच सहमति जुटाउन सक्रिय दोस्रो तहका एक नेताका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पनि राजीनामा आउने दुई दलको विश्वास छ ।
प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)