Kathmandu Press

कांग्रेस एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने

सहमति अनुसार सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन हुनेछ भने दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने छन्।
कांग्रेस एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने

काठमाडौं, असार १८ : संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।

सोमबार राति संसदका दुई ठूला दलहरु नयाँ सत्ता समीकरण बनाउने सहमतिमा पुगेका हुन्।

Hardik ivf

सहमति अनुसार सुरुमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन हुनेछ भने दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने छन्।

सोमबार राति भएको सहमतिमा अनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने बताइएको छ।

यस्तै, दुई दलबीच प्रदेश सरकारका विषयमा सहमति भएको छ। स्रोतका अनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली र कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछन्। दुई दलबीच मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको छ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ।

तर, दुई दलबीचको सहमतिको खाका भने अहिलेसम्म बाहिर आएको छैन।

ललितपुरकाे एक हाेटलमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो। खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरिरहेका छन्।

प्रकाशित मिति: ०२:१२ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्