काठमाडौं बर्नहार्टको २५ बर्षे यात्रा, गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजामा अब्बल
बर्नहार्ट विद्यालयमा विद्यार्थीलाई बजार मागअनुसारको शिक्षा दिनका लागि विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले तोकेको पाठ्यक्रमका अलावा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्श तथा रेखदेख गर्दै विद्यालयले हालसम्म उत्कृष्ट नतीजा हासिल गर्दै आएको छ । विद्यालय २५ औं बर्षमा आइपुग्दा यस विद्यालयले संयौंको संख्यामा डाक्टर, नर्स, इञ्जिनियर र राष्ट्रसेवक कर्मचारीहरु उत्पादन गरिसकेको छ ।
काठमाडौं, असार १७ : काठमाडौंको वल्खुमा रहेको ‘काठमाडौं बर्नहार्ट विद्यालय’ ले २५ औं बर्षमा प्रवेश गरेको छ ।
२०५७ सालमा स्थापना भएको कलेजले २५ बर्षे यात्रामा गुणस्तरीय शिक्षाका लागि कहिल्यै पनि सम्झौता गरेको छैन् । पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका झण्डै ३ हजारको संख्यामा अध्ययन गराईरहेको यस संस्थाबाट उत्तीर्ण विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च ओहोदामा पुग्न सफल हुनु कलेजका लागि गौरवको कुरा भएको प्रशासनको भनाई छ ।
यस संस्थाले विद्यालयतहको मात्र नभई विश्वविद्यालयतहमा समेत अध्ययन गराउँदै आएको छ । संस्थाले स्कुलतर्फ नर्सरीदेखि कक्षा १० सम्म, प्लस टु (राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त), अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायका साथै स्नातक तहमा (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) विविएस, विएएसडब्लू, बिबिएम, बिसिए, बिएस्सी सिएसआईटी र स्नाकोत्तर तहमापनि अध्ययन, अध्यापन गराउँदैं आएको छ ।
गुणस्तरीय शिक्षातर्फको पाइला चालेको यस विद्यालयले कुनै पनि अवरोधले अहिलेसम्म रोक्न सकेको छैन । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय एवं सहकार्यमा संस्थाले आफ्ना विद्यार्थीहरुलाई कसरी अतिरिक्त क्रियाकलापहरुमा दक्ष बनाउने भन्नेमा विद्यालय सचेत रहेको छ । विद्यालयको यहि बिशेषताका कारण त काठमाडौं बर्नहार्ट विद्यालय गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीलाई दक्ष बनाउन सदैव तल्लीन छ ।

बर्नहार्ट विद्यालयमा विद्यार्थीलाई बजार मागअनुसारको शिक्षा दिनका लागि विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले तोकेको पाठ्यक्रमका अलावा विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्श तथा रेखदेख गर्दै विद्यालयले हालसम्म उत्कृष्ट नतीजा हासिल गर्दै आएको छ । विद्यालय २५ औं बर्षमा आइपुग्दा यस विद्यालयले संयौंको संख्यामा डाक्टर, नर्स, इञ्जिनियर र राष्ट्रसेवक कर्मचारीहरु उत्पादन गरिसकेको छ ।
यसै कलेजमा अध्यनरत विद्यार्थीहरुले २०५८, २०६१, २०६२, २०६८ र २०७० उच्च मा.वि.शिक्षा बोर्ड टप गरेका थिए । २०७६ सालबाट सुरु भएको लेटर ग्रेडिङमा पनि सर्वोत्कृष्ट जिपिए ३.९३ ल्याउन सफल अनिष खनाल यसै विद्यालयका हुन् । २०७८ र २०७९ राष्ट्रिय परीक्षा वोर्ड टप गरेका थिए । यसै संस्थामा अध्यनरत विद्यार्थी सिर्जना बज्राचार्यले २०६५ मा त्रिभुवन विश्वविद्यालय टप गरेकी थिईन् ।
स्थापनाकालदेखि नै अनवरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाप्रदान गरेकै कारण यस संस्थाले राज्यबाट बिभिन्न सम्मान तथा पुरस्कारहरु समेत प्राप्त गरिसकेको छ । विद्यालयलाई शिक्षा मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस २०७६ को अवसरमा निजीतर्फ नेपालकै पहिलो उत्कृष्ट महाविद्यालय पुरस्कारबाट पुरस्कृत समेत गरिसकेको छ ।

काठमाडौं बर्नहार्ट महाविद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) पाउने पहिलो निजी विद्यालय समेत हो । गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफुलाई अब्बल सावित गर्दै आएको छ । परम्परागत ढंगबाट हुने अध्ययन, अध्यापनले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा प्रविधीयुक्त आधुनिक शिक्षा प्रणाली अबलम्ब गर्दै यस विद्यालयले अभिभावक, विद्यार्थीहरुको मन जितिरहेको छ ।
शैक्षिक तथा प्रशासनिकसंग सम्बन्धित कुनै पनि विषयमा छिटो र अनुभवपरस्त निर्णय लिन यो संस्था सदैव सक्षम देखिएको विद्यालयका कार्यकारी निर्देशक पुरुषोत्तम बिस्ट बताउँछन् । ‘व्यावसायिक काउन्सिलर (परामर्शदाता) हरुका माध्यमबाट विद्यार्थीलाई क्यारियर सम्बन्धी परामर्श दिएर भविष्यमाकुन बाटो अँगाल्ने भनेर अन्योलमा रहेका आफ्ना विद्यार्थीलाई उचितमार्ग निर्देशन दिने दायित्वबाट यो विद्यालय कहिल्यै पछि हटेको छैन, बिष्ट थप्छन् ।
उच्च शिक्षाको अभिलाषा बोकेर यो बिद्यालयको ढोकाबाट भित्र आउने हरेक बिद्यार्थी सक्षम हुनु पर्छ र बिद्यालयले बिद्यार्थीलाई सफल बनाउनु नै पर्छ भन्ने मूल आदर्शलाई बर्नहार्टले सदैव उच्च प्राथमिकतामा राखेको छ । प्रतिभावान बिद्यार्थीहरूलाई थप परिस्कृत र क्षमताशील बनाउने तथा मध्यम र कमजोर मानिएका बिद्यार्थीहरूलाई कार्यसम्पादनमा विशेष बनाउनु नै बर्नहार्टको महत्वपूर्ण विशेषता हो । यसको अलवा विश्वबजारमा उपलब्ध युग सुहाउँदा उच्चस्तरीय शैक्षिक कार्यक्रमहरुलाई विद्यालयलमा भित्र्याएर आफ्ना विद्यार्थी अब्बल बनाउन निरन्तर कोशिश गर्नु विद्यालयलको अर्को विशेषता हो ।

यसै कलेजमा अध्ययन गरेर हाल ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाको शाखा प्रमुख रहेका अमित रञ्जित आफूले प्लस टु पढ्नलाई बर्नहार्ट छानेर साँच्चै नै सही निर्णय लिएको रहेछु भन्ने लागेको बताउँछन् । बर्नहार्टमा प्लस टु मा पाएको ज्ञानले सिभिल इन्जिनियरिङका लागि स्नातक तह पढ्न पुल्चोक क्याम्पसमा गरेको प्रयास पहिलो पटक नै सफल भएको उनी बताउँछन् ।
यस्तै २४ वर्ष अघि बर्नहार्टको आँगनले गरेको स्वागतमा मैले गुरुहरू मात्र होइन गुरुको रूपमा अभिभावकहरू पाएको बताउँछन् यसै कलेजमा पूर्व विद्यार्थी एवं हाल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रसूति तथा स्त्री रोग विभागका डा. दिपक श्रेष्ठ । विद्यालयको पारिवारिक वातावरण, गुणस्तरीय शिक्षा, आत्मीय व्यबहारले विधार्थीको मन जित्न सफल भएको छ ।
२५ बर्षको अवसरमा २५ जनालाई पूर्ण छात्रवृत्ति
जेहेन्दार तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विभिन्न प्रकारको छात्रवृत्ति प्रदानले गर्दा यस विद्यालयमा देशका दुगर्मदेखि सुगमका विधार्थीहरुको अध्ययनको थलो बनेको छ ।

यसै शैक्षिक सत्रमा विद्यालयले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । विद्यालयको २५ औं बर्ष प्रवेशको अवसरमा कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको विद्यालयका कार्यकारी निर्देशक बिस्ट बताउँछन् । कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा (एसईई) परीक्षामा ४ जिपिए अनिवार्य गरिएको बिस्टले जानकारी दिए ।
विद्यालयको यो घोषणासँगै ४ जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा विद्यालयमा कक्षा ११ र १२ मा निःशुल्क अध्ययनको अवसर पाउने भएका छन् । उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुका लागि यो योजनाले विद्यार्थीहरुको भविष्यलाई साकार बनाउन मद्दत गर्ने विद्यालय प्रशासनको अपेक्षा रहेको छ ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)