Kathmandu Press

‘सत्तारुढ गठबन्धनमा असमझदारी छैन्’

‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो। ओली र प्रधानमन्त्रीको हिजो पनि आज पनि बैठक भएको कुरा त बाहिर आएकै छ,’ उनले भनिन्, ‘बाहिर असमझदारी बढे भन्ने खालका जुन कुराहरु आए त्यो असत्य हुन्, यो छलफल सकारात्मक ढङ्गले अगाडि बढेको छ। यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर ब्रिफ गर्नुभएको छ।’
‘सत्तारुढ गठबन्धनमा असमझदारी छैन्’

काठमाडौं, असार १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ब्रिफिङ गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको र गठबन्धन लामै समय जाने स्थिति बनेको ब्रिफ गरेको विषय सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Hardik ivf

‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो। ओली र प्रधानमन्त्रीको हिजो पनि आज पनि बैठक भएको कुरा त बाहिर आएकै छ,’ उनले भनिन्, ‘बाहिर असमझदारी बढे भन्ने खालका जुन कुराहरु आए त्यो असत्य हुन्, यो छलफल सकारात्मक ढङ्गले अगाडि बढेको छ। यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर ब्रिफ गर्नुभएको छ।’

गत शनिबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेदरबहादुर देउवाबीच भेटवार्त भएपछि राजनीतिक वृतमा सत्ता परिवर्तन हुने चर्चा व्यापक बनेको छ।

ओली र देउवाको बालकोट भेटपछि प्रधानमन्त्री दाहालले ओलीसँग २ पटक ‘वान टु वान’ वार्ता गरिसकेका छन्। प्रधानमन्त्री दाहालले आजै साँझ सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए, तर बैठक बस्न सकेन।

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्