ओलीसँगको भेट सकारात्मक छ : सभापति देउवा
बैठकमा सभापति देउवाले ओलीसँगको भेटबारे छोटो ब्रिफिङ गरेका थिए। देउवाले बैठकमा ओलीसँगको भेटलई सकारात्मक भन्दै अहिले धेरै टिप्पणी नगरौं भनेका थिए।
काठमाडौं, असार १७ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेट सकारात्मक रहेको जानकारी गराएका छन्।
बैठकमा सभापति देउवाले ओलीसँगको भेटबारे छोटो ब्रिफिङ गरेका थिए। देउवाले बैठकमा ओलीसँगको भेटलई सकारात्मक भन्दै अहिले धेरै टिप्पणी नगरौं भनेका थिए।
पूर्वप्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको बताए । देउवाले ओलीसँगको भेट अत्यन्तै सौहार्दपूर्वक भएको पनि बताएका थिए।
कांग्रेस सभापति देउवा र पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले शनिबार दिउँसो ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए। अध्यक्ष ओली आफैंले सभापति देउवालाई चिया खान निवासमा डाकेका हुन्।
भेटबारे सभापति देउवाले पदाधिकारी बैठकमा ओलीजीसँग सम्बन्ध सुमधुर र सकारात्मक रहेको समेत बताएका थिए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)