Kathmandu Press

सत्ता गठबन्धनको बैठक बस्न सकेन

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ५ बजेका लागि डाकेको सत्ता गठबन्धनको बैठक बस्ने बिषयमा अहिलेसम्म कुनै तयारी नभएको जनाइएको छ।
सत्ता गठबन्धनको बैठक बस्न सकेन
फाइल तस्बिर।

काठमाडौं, असार १७ : सत्ता राजनीतिमा परिवर्तनको चर्चाका बीच सोमबार ५ बजेका लागि डाकिएको सत्ता गठबन्धनको बैठक प्रभावित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार ५ बजेका लागि डाकेको सत्ता गठबन्धनको बैठक बस्ने बिषयमा अहिलेसम्म कुनै तयारी नभएको जनाइएको छ।

Hardik ivf

सत्ता गठबन्धनको बैठक नबसेपछि विभिन्न अड्कलबाजी गरिएको छ।

प्रधानमन्त्री दाहालले ५ बजका लागि नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीका नेताहरुलाई बालुवाटार डाकेका थिए।

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्