Kathmandu Press

दक्षिण अफ्रिकी क्रिकेटरमा देखिएन कोरोना संक्रमण

काठमाडौं, चैत २१ : दक्षिण अफ्रिकी क्रिकेटरको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। भारत भ्रमणमा आएका सम्पूर्ण क्रिकेटर र अन्य सदस्यहरुको....

दक्षिण अफ्रिकी क्रिकेटरमा देखिएन कोरोना संक्रमण

काठमाडौं, चैत २१ : दक्षिण अफ्रिकी क्रिकेटरको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। भारत भ्रमणमा आएका सम्पूर्ण क्रिकेटर र अन्य सदस्यहरुको कोरोना परीक्षण गरिएको थियो। कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ। 

एकदिवसीय सिरिजका लागि भारत भ्रमणका आएका दक्षिण अफ्रिकी क्रिकेटर कोरोनाका कारण सिरिज रद्द भएपछि मार्च १८ मा स्वदेश फर्किएका थिए। स्वदेश फर्किए लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो र सबैको कोरोना परीक्षण गरिएको थियो। 

दक्षिण अफ्रिकी क्रिकेट टिमका मुख्य चिकित्सक सुएब मान्जराले भारत भ्रमणमा रहेका सम्पूर्णको रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । उनले खेलाडीहरुले बिहीबार क्वारेन्टाइन पुरा गरेको पनि बताए।

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, चैत २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्