टी–२० विश्वकपमा भारतले अफगानिस्तानलाई हरायो
बार्बाडोसमा हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो ।
काठमाडौं, असार ७ : आईसीसी टी –२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ।
बार्बाडोसमा हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । समूह ‘ए’ मा भारत र अफगानिस्तानसँगै अष्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् ।
प्रकाशित मिति: ०७:२० बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












