Kathmandu Press

बेल्जियम प्रो लिग रद्द हुने, उपाधि क्लब ब्रुगलाई

काठमाडौं चैत २१ : बेल्जियमको शीर्ष डिभिजन ‘प्रो लिग’ स्थागित हुने भएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रो लिग स्थ....

बेल्जियम प्रो लिग रद्द हुने, उपाधि क्लब ब्रुगलाई

काठमाडौं चैत २१ : बेल्जियमको शीर्ष डिभिजन ‘प्रो लिग’ स्थागित हुने भएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रो लिग स्थागित हुन लागेको हो।

कोरोना भाइरसकै कारण रद्द हुने प्रो लिग युरोपको पहिलो शीर्ष डिभिजन लिग हो। अहिले युरोपका अधिकांश लिग अनिश्चितकालका लागि स्थागित भएका छन्, तर लिग रद्द गर्ने निर्णय भने कसैले गरेका छैनन्। 

लिग रद्द हुने पक्का भए पनि औपचारिक निर्णय भने भइसकेको छैन। प्रो लिग निर्देशक कमिटिले लिग रद्दको निर्णय गर्दै सो प्रस्ताव बोर्ड बैठकमा पेश गरेको छ। १५ अप्रिलमा बस्ने बोर्डको बैठकले सो निर्णयलाई अनुमोदन गर्ने बताइएको छ। 

यसैबीच लिगको उपाधि क्लब ब्रुगलाई दिने निर्णय पनि निर्देशक कमिटिले बोर्ड बैठकमा पेश गरेको छ। लिगको शीर्ष स्थानमा रहेको आधारमा निर्देशक कमिटिले क्लब ब्रुगलाई उपाधि दिने निर्णय गरेको हो। 

कोराना भाइरसका कारण १ खेल मात्र बाँकी रहँदा प्रो लिग स्थगित भएको थियो। शीर्ष स्थानमा क्लब ब्रुगले १५ अंकको अग्रता बनाएको थियो। उसको ७० अंक छ भने दोस्रो स्थानमा रहेको केएए जेन्टको ५५ अंक छ।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, चैत २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्