आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि
अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए ।
काठमाडौं, असार ५ : आइसीसी टी २० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधवार) देखि सुरु हुँदै छन् ।
अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए ।
बुधवार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रुपमा रहेको थियो भने अमेरिका समूह एको उपविजेता हो । सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ ।
दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बीचको खेल पहिलो पटक हुन लागेको छ । सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।
प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












