Kathmandu Press

युरोकपमा नेदरल्यान्ड्स र इंग्ल्यान्ड विजयी, स्लोभेनिया र डेनमार्कले बराबरी खेले

हिजो भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । यस्तै गएरातिको खेलमा इंग्ल्यान्डले सर्वियालाई १–० गोलले हरायो ।
युरोकपमा नेदरल्यान्ड्स र इंग्ल्यान्ड विजयी, स्लोभेनिया र डेनमार्कले बराबरी खेले
Hardik ivf

काठमाडौं, असार ३ : युरोकप फुटबलमा नेदरल्यान्डस् र इंग्ल्यान्ड विजयी भएका छन् । हिजो भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो । यस्तै गएरातिको खेलमा इंग्ल्यान्डले सर्वियालाई १–० गोलले हरायो ।

गएरातिकै अर्को खेलमा स्लोभेनिया र डेनमार्कले भने १–१ गोलको बराबरी खेलेका छन् । आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे रोमानिया र यूक्रेन खेल्दैछन् ।

त्यस्तै राति पौने १० बजे बेल्जियम र स्लोभाकियाबीच खेल हुनेछ । यस्तै राति पौने एक बजे अष्ट्रिया र फ्रान्स खेल्नेछन् । 

प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, असार ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्