Kathmandu Press

चर्चित भारतीय खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने

काठमाडौं, चैत्र २१ : भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।

सत्तारुढ दल भा....

चर्चित भारतीय खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने

काठमाडौं, चैत्र २१ : भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पुर्‍याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका हुन् ।

“अहिले सरकारले मलाइ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ”  उनले भने । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेका छन् । भारतमा बिहिवारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

तिमध्ये १३१ जना पछिल्लो १२ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: ०७:२५ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्