बंगलादेशविरुद्ध खेल्नुअघि मोन्टी देसाईले भने– हामी आफ्नै कथा सुनाउन चाहन्छौं
‘हामीसँग सुनाउनलाई आफ्नै कथा छ, त्यसकारण हामी कुनै अरू टिमको सम्भावनालाई समाप्त पार्नेतर्फ केन्द्रित छैनौं, हामी आफ्नै प्रदर्शन देखाउन चाहन्छौं। तर, त्यो एकताविना सम्भव छैन,’ उनले भने ।काठमाडाैं, असार २ : नेपाली राष्ट्रिष्य क्रिकेट टिमले भोलि बिहान सवा ५ बजे बंगलादेशसँग समूमको अन्तिम खेल्दैछ।
खेलअघि आयोजित प्रिम्यच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले दक्षिण अफ्रिकाविरुद्धको हारलाई बिर्संदै बंगलादेशविरुद्ध मैदानमा उत्रने बताएका छन्।
शनिबार बिहान भएको खेलमा ११६ रनको लक्ष्य पछ्याको नेपाल १ रनले पराजित भएको थियो। सो खेलपछि हारपछि पनि नेपाली टिमको प्रसंशा भइरहेको छ।
भोलि बंगलादेश जितसहित सुपर ८मा पुग्ने लक्ष्यमा हुने बताउँदै उनले आफूहरु पनि जितको अन्तिमसम्म लड्ने बताए। जित निकाल्न सकेन आफूहरुका लागि सुखद् हुने उनले बताए।
प्रशिक्षक देसाईले आफूहरू आफ्नो कथा सुनाउन चाहेको बताएका छन्। उनले इमोशनलाई कन्ट्रोल गर्दै मैदान उत्रने बताएका छन्।
‘हामीसँग सुनाउनलाई आफ्नै कथा छ, त्यसकारण हामी कुनै अरू टिमको सम्भावनालाई समाप्त पार्नेतर्फ केन्द्रित छैनौं, हामी आफ्नै प्रदर्शन देखाउन चाहन्छौं। तर, त्यो एकताविना सम्भव छैन,’ उनले भने, ‘तथ्य फरक छन्, प्रत्येक बलको कथा छुट्टै छ। अघिल्लो नतिजा बिर्संँदै बलियो हुनुपर्छ, जितको अन्तिमसम्म लड्नुपर्छ,’
उनले प्रतियोगिता ब्याटिङ राम्रो नभएको स्वीकार गर्दै पिच पनि ब्याटिङलाई लागि चुनौतीपूर्ण भएको बताए।
देसाईले सन् २०१४ को विश्वकपछि नेपालले क्रिकेटमा राम्रो गर्न सक्ने अपेक्षा गरेको बताए । तर, विभिन्न कारणले नेपाली क्रिकेट १० वर्ष पछाडि परेको बताउँदै देसाईले नेपाली क्रिकेटलाई पुनः १० वर्ष पछि परेको हेर्न नचाहेको बताए।