Kathmandu Press

नेपालले बंगलादेशको सामना गर्दै, सुखद् अन्त्य गर्ने नेपालको लक्ष्य

अघिल्लो खेलम दक्षिण अफ्रिकाविरुद्धको प्रदर्शन पछि चौतर्फी तारिफ कमाएको नेपाली टिम उत्साहित छ, सो उत्साहलाई शक्तिका रुपमा मैदानमा प्रयोग गर्दै बंगलादेशलाई हराउँदै नेपाल प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ।
नेपालले बंगलादेशको सामना गर्दै, सुखद् अन्त्य गर्ने नेपालको लक्ष्य

काठमाडाैं, असार २ : दोस्रो पटक टि–२० विश्वकप खेलिरहेको नेपाल भोलि (सोमबार) बिहान समूहको अन्तिम खेल खेल्दै छ। सेन्ट भिसेन्टको किंग्सटाउनमा हुने खेलमा नेपालले टेस्ट राष्ट्र बंगलादेशसँग खेल्दैछ। खेल बिहान ५ः१५मा सुरु हुनेछ।

एकदिन अघि यही मैदानमा दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुद १ रनको पराजयपछि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। यता, सुपर ८ पुग्न बंगलादेशलाई भने आजको खेल निकै महत्वपूर्ण छ।

Hardik ivf

नेपाल नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो। यता, बंगालादेशले श्रीलंका र नेदरल्यान्ड्सलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

दुवै टिम जितको लक्ष्यका साथ मैदान उत्रने छन्। अघिल्लो खेलम दक्षिण अफ्रिकाविरुद्धको प्रदर्शन पछि चौतर्फी तारिफ कमाएको नेपाली टिम उत्साहित छ, सो उत्साहलाई शक्तिका रुपमा मैदानमा प्रयोग गर्दै बंगलादेशलाई हराउँदै नेपाल प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ।

यता, बंगलादेश नेपाललाई माथ दिँदै सुपर ८मा स्थान पक्का गर्न चाहन्छ। नेपालसँग हारेपनि उसको सुपर ८ सम्भावना भने कयमै रहन्छ। त्यसका लागि भोलि नै हुने श्रीलंका र नेदरल्यान्ड्सबीचको खेलको नतिजामा भरपर्छ।

अन्तिम खेल भएकाले नेपालले आज टिममा ३ परिवर्तन गर्न सक्छ। मिडलअर्डर ब्याट्सम्यान सन्दीप जोरा, स्पिनर ललित राजवंशी र फास्टलबर कमलसिंह ऐरीलाई मौका दिन सक्छ।

यो खेल नेपालका लागि २०१४ विश्वकपको अन्तिम खेलमा प्राप्त हारको बदला लिने अवसर पनि हुनेछ। अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल ऊसँगै रनरेटमा झिनो अन्तरले पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, असार २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्