Kathmandu Press

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित

बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला? कुमारीपछिको संघर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ।
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित

काठमाडौं, जेठ ३१ : कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ। निश्चित समय मन्दिरमा बसेपछि उनीहरु सामान्य जीवनमा फर्कन्छन्। यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ।

नाटकको लेखन चन्द्रप्रसाद पाण्डेयले गर्नुभएको छ भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ। बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला? कुमारीपछिको संघर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ।

नाटकमा कुमारी इतिहाससँगै उनीहरुले भोग्नुपरेको सामाजिक संघर्ष उजागर गर्न खोजिएको छ। बाल्यकालदेखि किशोरी अवस्थामा आउँदा मनोवैज्ञानिकरुपमा के–कस्ता असर पर्छन् रु यिनै भावलाई कलाकारले अभियनमा उतारेको कलाकार संगीता उरावले बताइन्।

Hardik ivf

‘एउटी युवतीले समाजमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने अवस्था यो नाटकका माध्यमबाट देखाउन खोजिएको छ,’ उनले भनिन्, ‘छोरीलाई देवी नै बनाए पनि विभिन्न हिंसाजन्य गतिविधिबाट पीडित हुँदै आएकी छन्। यसलाई चिर्न संघर्ष गरिरहेको अवस्था पनि नाटकले देखाउन खोजेको अर्को महत्वपूर्ण पाटो हो।’

नाटकका लेखक चन्द्र पाण्डेले काठमाडौंमा बाहिरबाट आएका मान्छेले कुमारीको इतिहास र पृष्ठभूमिबारे खासै थाहा नपाएको बताए। संस्कार संस्कृति र इतिहास नाटकमार्फत देखाउने इच्छा गर्दै जाँदा उनले कुमारीबारेमा अध्ययन गरेका थिए।

इतिहास खोतल्दा कुमारी एउटी शक्तिशाली, समर्पित र ऊर्जावान देवीको प्रतीक पाएको उनले बताए। यतिधेरै पौराणिक इतिहास बोकेको कुमारी संस्कृतिलाई नाटकमार्फत देखाउन उनले लेखन थालेको बताए।

नाटकमा मञ्जु श्रेष्ठ, संगीता उराव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागार्इंको अभिनय छ।

अनुप तिमिल्सिनाले संगीत परिकल्पना तथा संयोजन गरेका छन् भने पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले नाटकमा प्रत्यक्ष संगीत दिएका छन्।,

नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ।

प्रकाशित मिति: १९:३० बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्