Kathmandu Press

एनसेलले घटायो इन्टरनेटमा २५ प्रतिशत शुल्क

काठमाडौं, चैत्र २० : हालै सरकारले गरेको निर्णय अनुसार एनसेल प्राइभेट लिमिटेडले बिहीबार (चैत्र २०) देखि लागुहुने गरी डेटा सेवामा 'पे एज यु गो' ....

एनसेलले घटायो इन्टरनेटमा २५ प्रतिशत शुल्क

काठमाडौं, चैत्र २० : हालै सरकारले गरेको निर्णय अनुसार एनसेल प्राइभेट लिमिटेडले बिहीबार (चैत्र २०) देखि लागुहुने गरी डेटा सेवामा 'पे एज यु गो' को शुल्क २५ प्रतिशतले घटाएको छ। यससँगै एनसेलका ग्राहकले लकडाउनको अवधिभर सुलभ दरमा एनसेलको डेटा प्रयोग गर्न सक्नेछन्।

एनसेलले आफ्नो कर बाहेक दुई रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क एक रुपैयाँ ५० पैसा  प्रति एमबीमा झारेको हो।

सुलभ दरमा इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत डेटामा बोनस दिँदै आएको थियो। 

'पे एज यु गो'मा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न पाउनेछन्। ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँदा खर्च भएको रकमको आधारमा तत्काल बोनस डेटा पाउँनेछन्। शुरुमा १० रुपैयाँ डेटामा खर्च गरेपछि ग्रहाकले २० एमबी डेटा बोनस पाउने छन् ।

एनसेलले ल्याएको विभिन्न योजना अन्तर्गत सापटी सेवामाथप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, चैत २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्