Kathmandu Press

सन्दीपलाई भिसा नदिएको विषयमा सरकारसँग जवाफ माग

बुधबारको प्रतिनिधिसभा बैठकको शुन्यसमयमा बोल्दै कांग्रेसका सांसद शंकर भण्डारीले सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेका छन्।
सन्दीपलाई भिसा नदिएको विषयमा सरकारसँग जवाफ माग

काठमाडौं, जेठ २३ : टि–२० विश्वकपमा खेल्ने तयारीमा रहेका क्रिकेट सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषय सदनमा उठेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकको शुन्यसमयमा बोल्दै कांग्रेसका सांसद शंकर भण्डारीले सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेका छन्।

‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो? सदनलाई जानकारी गराइयोस्,’ सांसद भण्डारीले भने।

आफूविरुद्धको मुद्दामा उच्च अदालतबाट सफाई पाएपछि सन्दीपले विश्वकप खेल्न जान दुई पटक अन्तर्वार्तामा दिँदा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो।

प्रकाशित मिति: १२:१७ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्