खराब ब्याटिङपछि नेदल्यान्ड्सविरूद्ध नेपाल १०६ रनमै अलआउट
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए eg] करण केसीले १२ बलमा २ छक्का मद्दतमा १७ र गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ रन बनाए।काठमाडाैं, जेठ २२ : अमेरिका र वेस्टइन्डिजमा जारी टि-२० विश्वकपको पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेपछि १०६ रनमै अलआउट भयो।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनमा अलआउट हुँदै नेदरल्यान्ड्सलाई १०७ रनको समान्य लक्ष्य दिएको छ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका प्रहार गरे। त्यसपछि करण केसीले १२ बलमा २ छक्का मद्दतमा १७ र गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ रन बनाए। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।
नेपालले आफ्ना दुवै ओपनरलाई १५ रनमा जोड्दै गुमाएको थियो। जसमा आसिफ शेखले ४ र कुशल भुर्तेलले ७ रन मात्र बनाए।
त्यसपछि कप्तान रोहितकुमा पौडेल र अनिल साहले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए। यी दुईले तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरेका थिए।
आठौं ओभरको चौथो बलमा अनिल साह व्यक्तिगत ११ रनमा आउट भएपछि नेपालले थप २ विकेट लगातार गुमाएको थियो। त्यसपछि नेपालले कुशल मल्ललाई ९ तथा दीपेन्द्रसिंह ऐरी १ र सोमपाल कामीलाई शुन्य रनमा गुमाएको थियो।
नेपाललाई दबाबमा राख्ने क्रममा टिम प्रिंगल र लोगन भान विकले समान ३ विकेट लिँदा पाउल भान मिकेरेन र बास डे लिडले समान २ विकेट लिए।