नेपालले दुवै ओपनरलाई सस्तैमा गुमायो, अनिल र रोहित क्रिजमा
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमायो।काठमाडाैं, जेठ २२ : अमेरिका र वेस्टइन्डिजमा जारी टि २० विश्वकपको पहिलो खेलमा नेपालले खराब सुरुआत गरेको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमायो।
नेपालले आफ्ना दुवै ओपनरलाई १५ रनमा जोड्दै गुमाएको थियो। जसमा आसिफ शेखले ४ र कुशल भुर्तेलले ७ रन मात्र बनाए। कुशल लोगन भान डे विकको बलमा एलबिडब्लु आउट भए भने आसिफ टिम प्रिङगलको बलमा क्याच आउट भए।
७ ओभरको समाप्तिमा नेपालले २ विकेटको क्षतिमा ३९८ रन बनाएको छ। अहिले क्रिजमा रोहितकुमार पौडेल र अनिल साह छन्। रोहितले ११ र अनिलले १० रन बनाएका छन्।
प्रकाशित मिति: २२:२४ बजे, मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१