नेदरल्यान्ड्सले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा वर्षाका कारण केही पछाडि धकेलिएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ।काठमाडाैं, जेड २२ : एक दशकपछि टि २० विश्वकपमा खेल्न लागेको नेपालले पहिलो खेलमा पहिला ब्याटिङ गर्र्ने भएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा वर्षाका कारण केही पछाडि धकेलिएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ।
खेल सुरु हुनुअघि आएको वर्षाका कारण मैदान भिजेका कारण नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टसमा ढिलाई भएको हो। नेपाली समयअनुसार खेल ९ः१५ मा सुरु हुनुपर्ने थियो।
नेपाल र नेदरल्यान्ड्स दुवैको यस विश्वकपमा यो पहिलो खेल हो । कठिन मानिएको समूह ‘डी’मा नेपाल र नेदरल्यान्ड्सबाहेक, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।
नेपाली टिम : कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र सागर ढकाल
प्रकाशित मिति: २१:२९ बजे, मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१