Kathmandu Press

युएईविरुद्धको विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा एक समारोहको आयोजना गर्दै यूएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो।
युएईविरुद्धको विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

काठमाडौं, जेठ २० : विश्वकप फुटबलको छनोटअन्तर्गत यूएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा एक समारोहको आयोजना गर्दै यूएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो।

यसअघि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बा, आशिकबाबु चौधरीलगायत रहेको २३ सदस्यीय टोलीको घोषणा गरेका थिए।

Hardik ivf

नेपालले जेठ २४ गते दशरथ रंगशालामा यूएईको सामना गर्ने तय थियो । तर, एसियन फुटबल महासंघ (एएफसी)ले रंगशाला खेल खेलाउन योग्य नरहेको पुष्टि गरेको थियो। त्यसपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियमा सारिएको हो।

यूएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द

मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई

फरवार्ड : जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिकबाबु चौधरी

 

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्