आईसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य
अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।
काठमाडौं, जेठ २० : आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।
प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बङ्गलादेश छन् ।
टी–२० विश्वकपको नवौँ संस्करण जुन २९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अमेरिकाका तीन र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलाइँदै छ । अमेरिकामा पहिलो पटक क्रिकेटको विश्वकप आयोजना भएको हो ।
प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(7)-1765197040.jpg)







