Kathmandu Press

टि–२० विश्वकप क्रिकेट सर्ने सम्भावना

काठमाडाैं, चैत १८ : कोरोना भाइरसको त्रासले टि–२० विश्वकप पनि प्रभावित हुने भएको छ। यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप व....

टि–२० विश्वकप क्रिकेट सर्ने सम्भावना

काठमाडाैं, चैत १८ : कोरोना भाइरसको त्रासले टि–२० विश्वकप पनि प्रभावित हुने भएको छ। यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण सर्ने सम्भावना बढेको हो। 

कोरोना भाइरसकै कारण यस वर्ष आयोजना हुने भनिएका विश्वका ठूला खेलकुद प्रतियोगिताहरू ओलम्पिक खेलकुद, युरोकप, कोपा अमेरिका एक वर्षपछि सरिसकेकाले टि–२० विश्वकप पनि सर्ने सम्भावना बलियो हुँदै गएको छ। 

अष्ट्रेलिया टि–२० विश्वकप स्थगित भए सन् २०२२ मा मात्र हुनेछ। सन् २०२१ पनि टि–२० विश्वकप हुने भएकाले अष्ट्रेलियामा हुने विश्वकप सन् २०२२ मात्र हुनेछ। २०२१ को टि–२० विश्वकप भारतमा आयोजना हुँदैछ। 

टि–२० विश्वकप सार्ने विषयमा आईसीसीमा छलफल भइरहेपनि निर्णय भने भइसकेको छैन। टाइम्स अफ इन्डियाले लेखेको छ,‘अर्को वर्ष पनि टि–२० विश्वकप हुँदैछ, त्यसैले अष्ट्रेलियामा हुने टि–२० विश्वकप सरे सन् २०२२ मात्र हुन्छ।’ टि–२० विश्वकप अक्टोबर १८ देखि नोभेम्वर १५ सम्म हुने तालिका छ।

प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्