Kathmandu Press

बनेपामा बास्केटबल हुँदै

प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न्न पुरस्कार प्रदान गरिनेछ।
बनेपामा बास्केटबल हुँदै

काभ्रे, जेठ १७ : काभ्रे बास्केटबल संघको आयोजनामा बनेपामा बास्केटबल प्रतियोगिता हुने भएको छ।

जेठ २६ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्रांगणमा हुने प्रतियोगितामा देशभरका २० भन्दा बढी टिमको सहभागिता हुने कार्यक्रम संयोजक शिव थापा मगरले जानकारी दिए।

Hardik ivf

खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित बनाउनुको साथै स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न र समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।

प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगदका साथै विभिन्न्न पुरस्कार प्रदान गरिनेछ।

काभ्रे बास्केटबल संघले विगतमा पनि यस्ता प्रतियोगिता गर्दै आएको छ । यस्ता प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य बनाउने अपेक्षा आयोजकको छ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवनकुमार थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले खेल क्षेत्रमार्फत काभ्रे जिल्लाको पहिचान बनाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्