कोरोनाविरुद्ध लड्न रोहितले गरे ८० लाख सहयोग
काठमाडौं चैत १८ : भारतीय विस्फोटक ओपनर रोहित शर्माले महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न ८० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन्। रोहितले ट....

काठमाडौं चैत १८ : भारतीय विस्फोटक ओपनर रोहित शर्माले महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न ८० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन्। रोहितले ट्वीटरमार्फत सहयोगको घोषणा गरेका हुन्।
रोहितले ८० लाख मध्ये ४५ लाख सरकारको पिएम केयर्स फण्ड, २५ लाख मुख्यमन्त्री राहत कोषमा दिने बताएका छन्। यस्तै, ५–५ लाख रुपैयाँ फिडिङ इन्डिया र वेलफेयर अफ स्टे डग्स नामक संस्थालाई दिएका छन्।
भारतीय क्रिकेटरले कोरोनाविरुद्ध लड्न सहयोग गरिरहेको छ। यसअघि सुरेश रैनाले ५२ लाख, सौरभ गांगुली र सचिन तेन्दुलकरले ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन्। यस्तै, अन्जिका रहानेले १० लाख, महेन्द्रसिंह धोनी र महिला क्रिकेटर ऋचा घोषणले १–१ लाख रुपैयाँ दिएका छन्।
भारतीय कप्तान विराट कोहली र पत्नी अनुष्का शर्माले पनि सहयोगको घोषणा गरेका छन्। तर, उनीहरुले सहयोग रकम भने खुलाएका छैनन्। यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले पनि ५१ करोड रुपैयाँ सहयोग गरेको छ।











