Kathmandu Press

खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५०, खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५०, खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम विनियोजन गरेको बताए।

Hardik ivf

त्यसमध्ये खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणका क्रममा सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

उनले राष्ट्रियस्तरका ८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने समेत वक्तव्यमार्फत बताएका छन्।

यस्तै, सरकारले खेल क्षेत्रमा महिला सहभागिता बढाउने, खेलकुदका आधारभूत तालिम विस्तार गरिने र ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिने पनि उल्लेख गरेको छ।

काठमाडौंको मूलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिने पनि उनले उल्लेख गरे ।

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्