कांग्रेस संसदीय दलको बैठक आज बस्दैं, बजेटबारे छलफल हुने
सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज १० बजे बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: ०७:१३ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












