Kathmandu Press

मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने

महाधिवेशनस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले महामन्त्रीमा उमेदवारी दिने बताएका हुन्। 
मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने

चितवन, असार ८ : अहिले चिवतनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवशेन चलिरहेको छ। 

आइतबारबाट सुरु भएर तीन दिनसम्म चल्ने भनिएको यो महाधिवेशनले रास्वपामा नयाँ नेतृत्व चयन गर्ने छ। 

अहिले रास्वपाका नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिहेका छन्। 

यही सन्दर्भमा प्रवक्ता मनिष झाले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। 

महाधिवेशनस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले महामन्त्रीमा उमेदवारी दिने बताएका हुन्। 

धनुषाबाट प्रतिनिधिसभा सदस्य निवार्चित भएका झा अहिले कुनै पनि लाभको पदमा छैनन्। 

रास्वपा महाधिवेशनमा भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ।  

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, असार ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्