Kathmandu Press

विश्वकपमा रातो कार्डको वर्षा, समूहको दोस्रो नसिकँदै ८ खेलाडी पाए रातो कार्ड

सन् २०१८ को रसिया र सन् २०२२ को कतार विश्वकपमा प्रतियोगिताभर ४ खेलाडी मात्र रातो कार्ड पाएका थिए। तर, जारी विश्वकपमा समूहको दोस्रो चरणको खेल नसकिँदै रातो कार्ड पाउने खेलाडीको संख्या ८ पुगेको छ। 
विश्वकपमा रातो कार्डको वर्षा, समूहको दोस्रो नसिकँदै ८ खेलाडी पाए रातो कार्ड

काठमाडौं, असार ८ : जारी विश्वकपमा रातो कार्ड पाउने खेलाडीको संख्या उल्लेख बढेको छ। 

सन् २०१८ को रसिया र सन् २०२२ को कतार विश्वकपमा प्रतियोगिताभर ४ खेलाडी मात्र रातो कार्ड पाएका थिए। तर, जारी विश्वकपमा समूहको दोस्रो चरणको खेल नसकिँदै रातो कार्ड पाउने खेलाडीको संख्या ८ पुगेको छ। 

आइतबार समूह ‘सी’ अन्तर्गत बेल्जियम र इरानबीच भएको खेलमा बेल्जियमका डिफेन्डर नाथन न्गोयले इरानका मेहदी तात्सुमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्ने क्रममा फउल गरेपछि ६६औँ मिनेटमा सिधै रातो कार्ड पाएका थिए। त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि खेल गोलरहित बराबरीमा सकिएको थियो।

Hardik ivf

हालसम्म प्रतियोगितामा देखाइएका ८ रातो कार्डमध्ये ६ वटा सिधै दिइएको छ। यसले प्रतियोगिताको प्रतिस्पर्धात्मकता र खेलाडीहरूको आक्रामक शैलीलाई समेत प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ। 

विश्वकप इतिहासमा एक संस्करणमा सबैभन्दा धेरै २१ रातो कार्ड सन् २००६ मा देखाइएको थियो, जसमध्ये ९ वटा सिधै रातो कार्ड थिए। त्यसपछि सन् २०१० को विश्वकपमा १७ तथा सन् २०१४ मा १० खेलाडीले रातो कार्ड पाएका थिए। 

यो विश्वकपमा रातो कार्ड पाउने अन्य चर्चित खेलाडीमा पाराग्वेका मिगुएल अल्मिरोन छन्, जसलाई टर्कीविरुद्धको खेलमा भिडियो सहायक रेफ्रीको समीक्षा पछि मैदानबाट बाहिर पठाइएको थियो। उनले कसैलाई फाउल गरेका थिएनन्, हातले मुख छोपेर बोलेका कारण उनले रातो कार्ड पाएका थिए।

जारी विश्वकपमा रातो कार्डा पाउनेमा कतारका असिम मादिबो र मोआज अहमद छन्। दुवैले क्यानडाविरुद्धको खेलमा रातो कार्डा पाएका थिए। 

यस्तै, बोस्निया एन्ड हर्जगोभिनाका तारिक मुहरामोभिच दक्षिण अफ्रिका थेम्बा ज्वाने र स्पेफेलो सिथो तथा आयोजक मेक्सिकोका सेसर मोन्टेस छन्। 

प्रतियोगिता अझै प्रारम्भिक चरणमै रहेकाले रातो कार्डको संख्या आगामी खेलहरूमा थप बढ्ने सम्भावना छ । यसले सन् २०१४ को १० तथा सन् २०१० को १७ रातो कार्डको कीर्तिमानलाई चुनौती दिने वा नदिने भन्ने विषयमा फुटबल वृत्तमा चासो बढेको छ।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, असार ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्