Kathmandu Press

देशमा भयानक संकटको स्थिति आउनसक्छ : प्रवक्ता सापकोटा

उनले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभुत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए।
देशमा भयानक संकटको स्थिति आउनसक्छ : प्रवक्ता सापकोटा

काठमाडौं, जेठ १२ : पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले यतिबेला भू–राजनीतिक परिस्थितीका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा उनले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए।

Hardik ivf

अहिले भु–राजनीतिको अवस्था अत्यन्तै जटिल छ, पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदैछ । त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘आँधी तुफान आउनसक्ने अवस्था छ। देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ।’

उनले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभुत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए।

विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए।

नेपालमा वामपन्थीहरु मात्र नभई सबै कम्युनिष्टहरु एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए।

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्