‘सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास गर्छौं’
बर्तौलाले आज दिनभर आफूहरु औपचारिक एवं अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताए।-1715263618.jpg)
काठमाडौं, जेठ १२ : संघीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुङ्गो नलाग्दा गतिरोध कायम छ।
आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको बर्तौलाले बताए।
प्रमुख दलका शीर्ष नेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने संकेत मिलेको हो।
बर्तौलाले आज दिनभर आफूहरु औपचारिक एवं अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताए।
उनले सहकारीको रकम अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विगतमा जोडिएको सन्दर्भमा उनको नाम उल्लेख नगरी उनी जोडिएका सहकारीका नाम उल्लेख गरेर छानबिनको कार्यादेश निर्धारण गर्न प्रमुख प्रतिपक्षी दल लचिलो भएको बताए।












