Kathmandu Press

रक्षामन्त्रीले गरे सुरुङमार्ग ब्रेक थ्रु

काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग सुरुङमार्ग ब्रेक थ्रु गरिएको हो।
रक्षामन्त्रीले गरे सुरुङमार्ग ब्रेक थ्रु

काठमाडौं, जेठ १२ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्वीच दबाउँदै ब्लास्टिङ गरेर शुक्रबार सुरुङमार्ग ब्रेक थ्रु गरेका छन्।

काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग सुरुङमार्ग ब्रेक थ्रु गरिएको हो।

Hardik ivf

यसअघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो।

रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गरेका छन्। निर्माणको ३३ प्रतिशत काम सकिएको छ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौंलाई मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणम निर्माण गर्ने र कृषि , ब्यापार ब्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री उप्रेतीले उदघाटन समारोहमा बताए।

आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौसम्म भोग्नुपरेका दुःख ब्यथालाइ आफुले नजिकबाट नियालेको कारण यस आयोजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन्।

प्रकाशित मिति: १२:१७ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्