Kathmandu Press

रोनाल्डोले तलबवापतको ३.८ मिलियन युरो युभेन्ट्सलाई सहयोग गर्ने

काठमाडौं, चैत १७ : अहिले पुरै विश्वक कोरोना भाइरसबाट प्रभावित भएको छ। त्यही मारमा फुटबल क्लब र खेलाडीहरू पनि परेका छन्। क्लबलाई आर्थिक संकटबाट बच....

रोनाल्डोले तलबवापतको ३.८ मिलियन युरो युभेन्ट्सलाई सहयोग गर्ने

काठमाडौं, चैत १७ : अहिले पुरै विश्वक कोरोना भाइरसबाट प्रभावित भएको छ। त्यही मारमा फुटबल क्लब र खेलाडीहरू पनि परेका छन्। क्लबलाई आर्थिक संकटबाट बचाउन क्लबले खेलाडीहरूसँग तलब कटौतीको प्रस्ताव गरिरहेका छन्। 

इटालियन क्लब युभेन्ट्सको यस्तै प्रस्ताव पोर्चुगिच स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले स्वीकार गरेका छन्। योसँगै रोनाल्डोको तबलबाट ३.८ मिलियन युरो कटौती हुनेछ। क्लबलाई संकटबाट बचाउन युभेन्ट्सले गरेको प्रस्ताव कप्तान जर्जियो चिलिनीसँगको छलफलपछि आफूले स्वीकार गरेको रोनाल्डोले बताएका छन्। क्लबको प्रस्तावका विषयमा युभेन्ट्सका खेलाडीहरुले भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका थिए। 

केही दिनअघि मात्र रोनाल्डोले कोरोनाविरुद्ध लड्नका लागि पोर्चुगलको एक अस्प्ताललाई एक मिलियन युरो सहायोग दिएका थिए। स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले त्यहाँ वार्षिक ३१ मिलियन युरो लिन्छन्। 

अन्य खेलाडी तलब कट्टाका लागि तयार

रोनाल्डोसँगै युभेन्ट्सका अन्य खेलाडीहरू पनि तबल कट्टाका लागि तयार भएका छन्। आगामी चार महिना उनीहरूको १२ प्रतिशत तबल कट्टा हुनेछ। खेलाडी मात्र नभएर क्लबका अन्य पदाधिकारी पनि तलब कटौतीको प्रस्तावमा तयार भएका छन्। कठिन समयमा साथ दिने सबै खेलाडी तथा पदाधिकारीलाई युभेन्ट्सले धन्यवाद पनि दिएको छ।
 

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्