Kathmandu Press

‘मिडिया ट्रायल’ का आधारमा आक्रमण भयो : लामिछाने 

‘यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ । आश्चर्यको कुरा बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ । लोकतन्त्रको कुन अभ्यास हो ?,’ उनले भने।
‘मिडिया ट्रायल’ का आधारमा आक्रमण भयो : लामिछाने 

काठमाडौं, जेठ ६ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियामा आएका हेडलाइनका आधारमा सहकारीको बिषयमा प्रश्न उठाइएको बताएका छन्। उनले आफ्नो सबै समय प्रतिपक्षी दल कांग्रेसलाई गालीगलौज गरेर सकाए। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफुमाथि मिडिया ट्रायलका आधारमा आएका समाचारलाई पढेर आक्रमण गरिएको भनाई पनि राखे। 

Hardik ivf

‘यहाँ बोल्न विधेयक होइन पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ । आश्चर्यको कुरा बोल्न दिने वा नदिने लोकतान्त्रिक पार्टीले निर्णय गर्ने रहेछ । लोकतन्त्रको कुन अभ्यास हो ?,’ उनले भने।

लामिछानेले गोरखा मिडिया नेटवर्कमा काम गर्दा आफूले ‘स्वेड सेयर’ लिएको र पछि छाडेर हिँडेको दाबी समेत गरेका छन्। 

‘स्वेड सेयर लिएर काम गर्ने निधो गरेँ। छोड्दा सेयर पनि छोडेँ । गोरखा मिडिया नेटवर्कमा सदस्यसमेत नभएको मानिसको कारोबारमा जोडिने कुरा भएन,’ उनले भने, ‘मेरो संलग्नता कहीँ कतै छैन र देखिएन । त्यसकारण कहीँ कतै ममाथि मुद्दा चलेन, अभियोजना भएन।’
 
प्रकाशित मिति: १९:२३ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्