पार्टी छाडेका ७ सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै उपेन्द्र यादव सर्वोच्चमा
अध्यक्ष यादवले जसपा नेपाल फुटाउँदै नयाँ पार्टी गठन गरेका अशोक राईसहित ७ जनालाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च रिट दायर गरेका छन्।
काठमाडौं, जेठ ६ : जनता समाजवादी (नेपाल) पार्टी छाडेका ७ सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन्।
अध्यक्ष यादवले जसपा नेपाल फुटाउँदै नयाँ पार्टी गठन गरेका अशोक राईसहित ७ जनालाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च रिट दायर गरेका छन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा उनीहरुलाई मतदानमा रोक लगाउन र अरु संसदीय गतिविधिमा रोक लगाउन यादवले माग गरेका छन्।
जसपा नेपाल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी यादवले गरेका छन्। साथै उनले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने पर्ने जिकिर गरेका छन्।
यो सिटमा सोमबारका लागि पेशी तोकिएको छ।
प्रकाशित मिति: १८:०६ बजे, आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












