Kathmandu Press

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउण्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर÷भिडियो पीडितका साथीहरुलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिए।
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ
Hardik ivf

काठमाडौं, वैशाख २८ : नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय  फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्युरोले आज सार्वजनिक गरेको हो।      

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउण्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर÷भिडियो पीडितका साथीहरुलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिए।
      
पक्राउ परेका रुम्बामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए।

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्