ब्राजिल र मोरक्को फिफा विश्वकपको नकआउट चरणमा प्रवेश
समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्यो । मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्यो ।
काठमाडौं, असार ११ : ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्यो । मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्यो ।
स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे । भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए । भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए । जारी विश्वकपमा स्कटल्याण्डबिरुद्ध खेलको ७६ औं मिनेटमा नेयमारले मैदान प्रवेश गरे । उनलाई समर्थकहरुले भब्य स्वागत गरेका थिए ।
दुईपटकको अग्रता जोगाउन नसक्दा हाइटी जितविहीन बन्न पुग्यो । मोरक्कोले हाइटीलाइ ४ २ ले पराजित गर्यो । १०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो । ४३औं मिनेटमा हाइटीले दोस्रोपटक अग्रता लियो । उक्त अग्रता पनि जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए ।
खेलको ७८औं मिनेटमा पहिलो अग्रता लिएको मोरक्कोले ८९औं मिनेटमा अर्को गोल गर्दै अग्रता दुई गोलमा पुर्यायो । त्यसपछि गोल हुन सकेन र मोरक्को विजयी भएको हो । हाइटी यसअघि नै प्रतियोगिताबाट बाहिरिदा स्कटल्यान्डको नकआउट पुग्ने झिनो सम्भावना कायमै छ ।












