Kathmandu Press

रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। 
रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

काठमाडौं, असोज १० : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएका हुन्। 

Hardik ivf

रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। 

भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम।टेक गरेका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नेछन् । उनले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिएका छन्। 

‘नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धता, मधेसको सम्मान, समावेशी पहिचान, राष्ट्र निर्माणमा हाम्रो योगदान’ रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अङ्गाल्दै महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा, यादवको उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरहरूको भूमिकालाई स्थापित गर्ने विश्वास गरिएको छ। 

आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल समेत गरेका छन्। 

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, असार १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्