रास्वपाको महाधिवेशनमा मतदान जारी
बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । राति १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान १२ बजेसम्म हुने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
चितवन, असार ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको थियो ।
बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । राति १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान १२ बजेसम्म हुने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ । निर्वाचनमा ३८४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाता छन् ।
यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रकाशित मिति: ०६:०६ बजे, बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार