Kathmandu Press

‘संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छ’

ढुंगानाले राजनीतिक दलबीच बढ्दो दूरीले जनमानस तथा विकास प्रक्रियामा नै असर परिरहेको र त्यसले राष्ट्रियतामा समेत नकारात्मक प्रभाव पारेको बताए।
‘संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छ’

काठमाडौं, वैशाख २७ : पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुंगानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताएका छन्।

प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले आयोजना गरेको ‘राजनीति, साहित्य, पत्रकारिता र सामाजिक सञ्जाल’ विषयक गोष्ठीमा उनले संविधानको रक्षाका लागि यसमा भएका दोष र कमजोरीको समीक्षा हुनुपर्ने बताए।

Hardik ivf

‘संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ। २००७ सालदेखि नै हामीले महत्वपूर्ण समय खेर फालिसकेका छौं। हामीले परिवर्तन त ल्यायौँ तर त्यसले काम गरिरहेको छ त?,’ उनले भने, ‘स्वदेशमा भविष्य नै छैन भनेर युवाहरु विदेशीने क्रम किन बढ्दो छ? त्यसैले अब यि सबै विषयमा हामीले गम्भीर समीक्षा गर्नु जरूरी छ।’

ढुंगानाले राजनीतिक दलबीच बढ्दो दूरीले जनमानस तथा विकास प्रक्रियामा नै असर परिरहेको र त्यसले राष्ट्रियतामा समेत नकारात्मक प्रभाव पारेको बताए।

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले जनताको बलिदानी र संघर्षबाट प्राप्त संघीयताले पूर्णता पाउन नसकेको तर्क गरे। यस्तै, माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले प्रतिनिधित्व र निर्वाचन प्रणालीको तादम्यता कसरी मिलाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताइन्।

प्रकाशित मिति: २०:४४ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्