Kathmandu Press

यादव आगामी महाधिवेशनबाट पार्टी कब्जा गर्ने तरिकाले अघि बढेकाले हामी विभाजित भयाैं : अशाेक राई

बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी फुटका लागि यादव नै जिम्मेवार रहेको बताए।
यादव आगामी महाधिवेशनबाट पार्टी कब्जा गर्ने तरिकाले अघि बढेकाले हामी विभाजित भयाैं : अशाेक राई

काठमाडौं, वैशाख २७ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले उपेन्द्र यादव यादव आगामी महाधिवेशनबाट पार्टी कब्जा गर्ने तरिकाले अघि बढेकाले आफूहरू विभाजित भएकाे बताएका छन्। बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी फुटका लागि यादव नै जिम्मेवार रहेको बताए।

एकता महाधिवेशन भनेकाले शीर्ष नेताहरूको सहमति गरेर जानुपर्नेमा आफूहरू भए पनि यादवले अमेरिका उड्नुअघि जारी गरेको परिपत्रले पार्टीमा विस्फोट गराएकाे उनकाे भनाइ थियाे।  परिपत्रमार्फत यादवले ‘तपाईंहरू नभए पनि हुन्छ, यो पार्टी मैले चलाउने हो’ भन्ने सन्देश दिएको उनले बताए।

Hardik ivf

‘महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठीभित्र पार्टी राख्ने  देखिएपछि विस्फोटको रूप लिएको होफ,’ उनले भने, ‘महाधिवेशन कुनै नेतालाई श्रीपेच लगाइदिने ठाउँ होइन, समस्या हल गर्ने स्थान हुनुपर्छ।’ यादवले पार्टीमा आफूखुसी गर्दै आएको उनले बताए।

उनले काम गर्ने तरिका शैली परिवर्तन गर्नुका साथै गतिविधि पारदर्शी र जनमुखी बनाएर जाँदा आफ्नो पार्टी अपवाद बनेर स्थापित हुने बताए। ‘मधेस प्रदेशमा मत घट्दै गयो।

चुनाव जित्न पनि ४–५ वटा दलले साझा उम्मेदवार बनाउनुपर्ने स्थिति पैदा भएको छ। पार्टीको घट्यो साख र जनताको आकर्षणलाई पुनर्स्थापित गर्न सकिन्छ र गर्नुपर्छ भन्ने अठोटका साथ आएका छौं,’ उनले भने।

गठबन्धनको अंकगणित कायम राख्न पार्टी विभाजन गरेको आरोप खेपेका अशोक राईले  पनि उनले प्रस्टीकरण पनि दिए। उनले आफूहरू राजनीतिक स्थायित्वको पक्षमा रहेको जिकिर गरे। ‘हामी देश अस्थिरताको सिकार बन्नुहुँदैन भन्नेमा सचेत थियौँ,’ उनले भने।पार्टी विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको कुनै हात नभएको पनि बताए।

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्