कोसी सरकार गठनविरुद्ध कार्कीले गरे सर्वोच्चमा रिट दर्ता
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन्। रिटमा प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वानलाई बदर गर्न माग गरिएको छ। उक्त कार्य तत्काल रोक्न कार्कीले अन्तरिम आदेश जारी गर्न माग समेत गरेका छन्।
काठमाडौं, वैशाख २७ : कोशी प्रदेशमा अवैध रुपमा नयाँ सरकार गठन भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन्। रिटमा प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वानलाई बदर गर्न माग गरिएको छ। उक्त कार्य तत्काल रोक्न कार्कीले अन्तरिम आदेश जारी गर्न माग समेत गरेका छन्।
रिटमा कार्कीले आफु नै मुख्यमन्त्री रहेको जिकिर गरेका छन्। यता, कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइ बेलुका सपथको तयारी गरिएको छ।
प्रकाशित मिति: १५:१० बजे, बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)