Kathmandu Press

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको अभियोग 

अख्तियारको अनुसन्धानपछि योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ भुक्तानी भएको दाबीसहित दामाशाहीले बिगो भराउन मागदाबी गरिएको छ।
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको अभियोग 

काठमाडौं, वैशाख २७ : महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर साह, उपमेयर खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको होे।

Hardik ivf

अख्तियारको अनुसन्धानपछि योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ भुक्तानी भएको दाबीसहित दामाशाहीले बिगो भराउन मागदाबी गरिएको छ।

अभियागपत्रमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीलाई पनि प्रतिबादी कायम गर्दै भ्रष्टाचार निबारण ऐन, २०५९ अनुरुप सजाय र विगो असुलीको माग गरिएको छ। 
 

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्