Kathmandu Press

बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी

ककसका नाममा जाहेरी परेको र ककसलाई पक्राउ पुर्जी जारी गरेको भनेर सिआइबीले खुलाएको छैन।
बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, वैशाख २७ : काठमाडौंको नक्सालस्थित बालमन्दिर जग्गा प्रकरणमा तत्कालीन पदाधिकारीसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालमन्दिरका तर्फबाट जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो। बालमन्दिरले आजै (बिहीबार नै) सिआइबीमा जाहेरी दिएको थियो। ककसका नाममा जाहेरी परेको र ककसलाई पक्राउ पुर्जी जारी गरेको भनेर सिआइबीले खुलाएको छैन।

Hardik ivf

बालमन्दिरका तर्फबाट आजै (बिहीबार नै) सिआइबीमा जाहेरी परेको थियो। २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो। धेरैजसो जग्गा विभिन्न सरकारी निकायले भोगचलन गरिरहेका छन् । 

त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पति विद्या सदन नामक निजी विद्यालय लाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

यो जग्गा प्रकरणबारे सिआइबीले यसअघि पनि सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धानबाट जग्गा दुरुपयोग भएको खुले पनि औपचारिक रुपमा जाहेरी नपर्दा मुद्दा प्रक्रिया अघि बढ्न सकेको थिएन.

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्