Kathmandu Press

जसपा नेपाल खुम्चिएपछि तनावमा परेका उपेन्द्र गठबन्धनमै रहेर भावी रणानीति तय गर्ने दाउमा

१२ सांसद रहेको जसपा नेपालबाट सात सांसदले साथ छाडेपछि उपेन्द्र अहिले पाँच सांसदमा सीमित भएका छन्।
जसपा नेपाल खुम्चिएपछि तनावमा परेका उपेन्द्र गठबन्धनमै रहेर भावी रणानीति तय गर्ने दाउमा

काठमाडौं, वैशाख २५ : पार्टीकाे दाेस्राे वरीयतामा रहेका वरिष्ठ नेता अशोक राईले प्रतिनिधिसभाका सात सदस्य र केन्द्रीय समितिका बहुसंख्यक नेता लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएपछि अध्यक्ष उपेन्द्र यादव कसरी अघि बढ्ने भनेर नयाँ रणनीति बनाउनमा व्यस्त छन्।

कुनै बेला मधेसकै 'मसिहा'जस्तै रहेका र राष्ट्रिय राजनीतिमा पनि बलियाे प्रभाव जमाएका यादव यतिखेर निकै खुम्चिएकाे अवस्थामा छन्। १२ सांसद रहेको जसपा नेपालबाट सात सांसदले साथ छाडेपछि उपेन्द्र अहिले पाँच सांसदमा सीमित भएका छन्।

Hardik ivf

यसअघि पनि दुई पटक फुटिसकेकाे जसपा नेपाललाई फेरि विभाजित गरेर अशाेक राईले नयाँ जसपा बनाएपछि यादव अत्तालिएका छन्। गठन गरेको नयाँ पार्टी निर्वाचन आयोगबाट वैधानिक हैसियत लिने प्रक्रियामा छ। दल फुट्दा उनी अमेरिकामा थिए। पार्टी विभाजन भएपछि उनी भ्रमण छाेट्याएर फर्केका हुन्।

अमेरिकाबाट फर्केपछि  यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे। यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री पनि हुन्। सरकारको तर्फबाट प्रतिनिधित्व गरेर युएन सेक्रेटरियट न्युयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा गरिएको सहभागीताबारे जानकारी दिन प्रधानमन्त्रीलाई भेट गरेकाे बताइए पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि उनले छलफल गरेको बताइएको छ।  भेटवार्तामा जसपा विभाजनको विषयमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहालले यादवलाई मिलेर जान सुझाएको बताइएको छ।

तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले एमाले, माआृवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलेर सत्ता टिकाउन जसपा विभाजन विभाजनमा उकासेकोे रावनीतिक वृत्तमा चर्चा छ। अध्यक्ष यादवले पार्टीमा एकाधिकार जमाएपछि आफूहरूले विद्रोह गरेको नयाँ रास्वपा खोलेका सांसदहरूले बताउने गरेका छन्। तर सत्ताधारी नेकपा एस र जसपा नेपालले  वर्तमान सत्ता गठबन्धन भत्काउन चाल चलेपछि सत्ता टिकाउन चाहनेहरूकाे षड्यन्त्रकाे सिकार जसपा बनेपछि अध्यक्ष यादव अनिर्णयकाे बन्दी बनकाे बताइएकाे छ।   

राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यले दल दर्ताका लागि दिएको निवेदनलाई निर्वाचन आयोगले मान्यता दिएपछि यादव असन्तुष्ट छन्। आफ्नो पार्टी फुटेको नभई फुटाइएको जिकिर जसपा यादव पक्षका नेताहरुले बताएका छन्। पार्टी विभाजनलाई मान्यता दिएको विषयमा सर्वोच्च अदालत जानेबारे पनि छलफल भएकाे तर केही टुंगाे नलागेकाे बताइएको छ। प्रचण्डलाई भेटेर फर्किएपछि उनी यसै विषयमा आन्तरिक छलफलमा जुटेका छन्। प्रतिनिधिसभामा हिजोभन्दा कमजोर भएका यादव सत्ता गठबन्धनमा रहिरहने कि विकल्प सोच्ने भन्ने मनस्थितिमा रहे पनि तत्काल कुनै कदम नचाल्ने अर्थात यही गठबन्धनमा नै रहेर भावी रणानीति तय गर्नेमा पुगेकाे बताइएकाे छ। 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठुला दुइ पार्टी मिलेर मात्र देशका कतिपय विषयको समाधान गर्न सम्भव भएको भनेर एमाले र कांग्रेसको सत्ता गठबन्धनको पक्षमा निरन्तर अभिव्यक्ति दिइरहेका बेला जसपा विभाजनलाई पनि यसैसँग जोडेर हेरिएको पाईन्छ। यसअघि पनि दुईपटक फुटिसकेको जसपा पछिल्लो फुटलाई सम्भावित एमाले र कांग्रेस सहकार्यको अंश त होइन भनेर राजनीतिक क्षेत्रमा टिकाटिप्पणी भइरहेको पाइन्छ ।

प्रकाशित मिति: १५:५१ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्